आगलागीबाट करिब ६ लाख बराबरको धनमाल नष्ट

२०७५ पुष २४,मंगलवार १४:२२

मकवानपुर, २४ पौष । काठमाडौं र मकवानपुरमा भएका छुट्टाछुट्टै आगलागीबाट करिब ६ लाख बराबरको धनमाल नष्ट भएको छ ।

काठमाडौं टोखा नगरपालिका–११ भण्डारी टोलस्थित ६० वर्षीय मुकुन्दराज प्रकाश घिमिरेको घरमा आगो ताप्ने हिटर पड्किएर मंगलबार बिहान आगालागी हुँदा करिब २ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

त्यस्तै मकवानपुरको भिमफेदी गाउँपालिका–७ बोगटे टेकनतोहरा बस्ने रामप्रसाद सिंजालीको गोठमा विद्युत सर्ट भई सोमबार बिहान आगलागी हुँदा करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।