जबजस्तीकरणी गरी फरार रहेका संजेल हेटौंडाबाट पक्राउ

२०७५ पुष २३,सोमबार १६:२३

मकवानपुर २३ पौष । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको विशेष प्रहरी टोलीले जबरजस्तीकरणी मुद्दामा फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर जिल्लाको मकवापुरगढी गाउँपालिका–४ मा स्थायी वतन भई मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिका–६ बस्ने २५ वर्षिय गणेश भन्ने रेवती संजेल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गत साउन १२ गते एक बालिकालाई चितवनदेखी बसमा ल्याई भिमफेदी स्थित डेरामा लगी  जवरजस्ती करणी गरी फरार रहेका संजेललाई हेटौंडा उपमहानगरपालिका–१२, रातोमाटेबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।