युवतीलाई जवरजस्तीकरणी गरेको अभियोगमा एक भारतीय पक्राउ

२०७५ पुष २२,आईतवार १७:२४

कास्की २२ पौष । किशोरीलाई जवर्जस्तीकरणी गर्न खोजेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१७ स्थित निर्माणाधिन एक घरमा ज्यामी काम गर्ने भारत घर भई हाल पोखरा–८ सृजनाचोक बस्दै आएका २५ वर्षीय जाफुरलाल हुसेन रहेका छन् ।

हुसेनलाई सोही घरमा ज्यामी काम गर्ने युवतीलाई जवरजस्ती करणीको प्रयास गरेको अभियोगमा पक्राउ गरिएका हो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नक्कली सुन तस्करीका मुख्य नाइके लाप्पा शेर्पा पक्राउ

नक्कली सुन तस्करीका मुख्य नाइके तिब्बती नागरिक टासी लाप्पा शेर्पालाई कपनबाट प्रहरीले पक्राउ गरेका छन् ।

शेर्पाले हुम्लाका केरिङ ग्याल्पो लामालाई १ केजी नक्कली सुन दिएर ३ लाख रूपैयाँ ठगेका थिए । उनी यसअघि तीन पटक जेल परिसकेका छन् ।