भूकम्प धक्का महसुश

२०७५ पुष २२,आईतवार १५:४२

बैतडी, २२ पौष । भारतको उत्तराखण्ड प्रदेश केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पको धक्का बैतडी र दार्चुलामा पनि महसुश गरिएको छ ।

सुर्खेत भूकम्प मापन केन्द्रका प्रमुख दीपक बस्नेतका अनुसार राति १० बजेर १ मिनेटमा चार रिक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको केन्द्रबिन्दु दार्चुला सदरमुकामबाट दक्षिण पश्चिम २९ किलोमिटर टाढा भारतमा रहेको प्रमुख बस्नेतको भनाइ छ ।–रासस