‘कर्मचारी समायोजन अध्यादेश’ तत्काल सच्याउन दवाव दिँदै स्वास्थ्य मन्त्रालय घेराउ

२०७५, २२ पुष आईतवार १५:०४

काठमाडौं २२ पौष । ‘कर्मचारी समायोजन अध्यादेश’ तत्काल सच्याउन दवाव दिँदै सरकारी चिकित्सकहरुले आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गरेका छन् ।

आफूहरुको सेवा, सुविधा र बढुवासम्बन्धि प्रावधान कटौती हुनेगरी सो अध्यादेश आएको भन्दै आन्दोलरत सरकारी चिकित्सक संघ, नेपाल (गोदान) मा आवद्ध देशभरका चिकित्सकहरुले तत्काल सच्याउन माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय दुई घण्टा घेराउ गरेका हुन् ।

सरकारले राज्यको कुनै पनि नीतिगत निर्णय प्रक्रियामा चिकित्सकहरुलाई सहभागी नगराउने गरी सो अध्यादेश आएको मान्य नहुने सरकारी चिकित्सकहरुको अडान रहेका छन् । उनीहरुले सो अध्यादेश आफूहरुको माग बमोजिम नसच्चिए समायोजन प्रक्रियामा सामेल नहुने घोषणासमेत गरेका छन् ।