भन्सार छली ल्याएको फेन्सी सामान बरामद

२०७५ पुष २२,आईतवार १४:०२

बर्दिया, २२ पौष । बढैयाताल गाउँपालिका–२ फुटाहबाट भन्सार छली ल्याएको करिब १ लाख ३५ हजार रुपैयाँ बराबरको फेन्सी सामान आइतबार बिहान प्रहरीले बरामद गरेको छ ।

भारतबाट भन्सार छली २ वटा साईकलमा ल्याइरहेको अवस्थामा प्रहरीलाई देखि केही व्यक्तिहरु सो सामान र साईकल छोडी भागेपश्चात प्रहरीले उक्त फेन्सी सामानहरु बरामद गरेको हो ।

फरार व्यक्तिहरुको खोजी गर्नुका साथै घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।