जुम्लामा पहिलो पटक पेट्रोलियम पदार्थको मूल्य निर्धारण

२०७५, २१ पुष शनिबार १६:३५

जुम्ला, २१ पौष । जुम्लामा झण्डै डेढदशकपछि पहिलो पटक पेट्रोलियम पदार्थको मूल्य निर्धारण गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलको अध्यक्षतामा शुक्रबार बसेको सर्वपक्षीय सर्वदलीय बैठकले पहिलो पटक पेट्रोलियम पदार्थको मूल्य निर्धारण गरेको हो ।

प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार पेट्रोलको प्रति लिटर मूल्य रु १३० र डिजेलको प्रति लिटर मूल्य रु ११५ कायम गरिएको छ । यसअघि पेट्रोल प्रतिलिटर रु १५० र डिजेल रु १३० सम्ममा किनबेच भइरहेको थियो ।