चितवनमा बेवारिसे अवस्थामा नवजात शिशु फेला

२०७५, २१ पुष शनिबार १६:२५

चितवन २१ पौष । चितवनको इच्छाकामना गाउँपालिका–४, लेवाटारमा बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ । शनिबार बेवारिसे अवस्थामा सालनालसमेत नकाटिएको अवस्थामा शिशु फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार लेवाटार र गोरखा शहीद लखन गाउँपालिकास्थित ठेवाटार जोड्ने पुलमुनि बोरामा पोको पारी फालेको अवस्थामा शिशु फेला परेको हो । शिशुलाई उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर ल्याइएको छ । शिशु कस्ले छोडेको हो भन्ने विषयमा अनुसन्धान र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच नारायणगढ बजारको पेटीमा बेवारिसे शव फेला परेको छ । प्रहरीका अनुसार भरतपुर महानगरपालिका, ३ पुरानो तरकारी बजारमा शनिबार बिहान ५० वर्षीय पुरुष मृतावस्थामा फेला परेको हो । उनको सनाखत हुन सकेको छैन ।