नेपाल विक्रेता महासंघको केन्द्रीय अधिवेशन हेटौँडा रिसोटमा

२०७५ पुष २१,शनिबार १६:०३

हेटौँडा,२१ पौष । नेपाल विक्रेता महासंघको चौथो राष्ट्रिय महाधिवेशन हुँदैछ । मकवानपुरको हेटौंडा रिसोटमा नेपाल बिक्रेता महासंघको चोथो राष्ट्रिय महादिवेशन भइरहेको हो ।

नेपाल वितरक महासंघका केन्द्रीय अध्यक्ष डम्बरबहादुर थापाको सभाअध्यक्षतामा भइरहेको कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल रहेका छन् ।

कार्यक्रममा बाल्दै प्रमुख अतिथि खुलालले वितरकहरुको समस्या समाधान गर्न सरकारी निकायहरुले पहल गर्नुपर्ने बताए । हरेक उपभोक्ताको हात हातमा सामानहरु पुर्याउन वितरकहरको महत्वपूर्ण भुमिका रहेको भन्दै उनले उपभोक्ताहरुलाई अझ सहज तबरले सामान उपलब्ध गराउने नयाँ टेक्नोलोजिको समेत महासंघले पहिचान गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल विक्रेता महासंघका सस्थापक अध्यक्ष गोविन्द प्रसाद कमाचार्य, कार्यक्रम संयोजक डिलाराम तिवारी, व्यवसायी भगवान दास अग्रवाल, दुर्गा राज श्रेष्ठलाई सम्मान गरिएको थियो ।