आठ शैक्षिक संस्थालाई स्नातक तहका कक्षा सञ्चालन गर्न अनुमति

२०७५, २१ पुष शनिबार १५:१३

नवलपरासी २१ पौष । कृषि तथा वन विज्ञान विश्वविद्यालयले नेपालमा निजी क्षेत्रबाट सञ्चालित आठ शैक्षिक संस्थालाई यस वर्ष स्नातक तहका कक्षा सञ्चालनका लागि अनुमति प्रदान गरेको छ ।

विश्वविद्यालय अन्तर्गतको कृषि संकायतर्फ सात र वन संकायतर्फ एक निजी शैक्षिक संस्थालाई स्नातक तहको कक्षा सञ्चालन अनुमति प्रदान गरेको हो ।

विश्वविद्यालयले निजी क्षेत्रलाई पहिलो पटक स्नातक तहको कक्षा सञ्चालन अनुमति प्रदान गरेको छ ।