काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

२०७५, २१ पुष शनिबार १४:४१

काठमाडौं २१ पौष । नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहिबारको लागि बैठक बोलाइएको जानकारी दिए ।

पार्टीको हालै सम्पन्न महासमिति बैठकपछि काँग्रेसको पहिलो पटक केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो ।

बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम, पार्टी रणनीति र कार्ययोजनाका विषयमा केन्द्रीत रहेर छलफल हुने बुझिएको छ ।
पार्टीको केन्द्रीय कार्यालय बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।

रातोपाटीबाट