हेटौंडामा बाल साहित्य महोत्सव सुरु, कलाकार मदनकृष्ण श्रेष्ठ पनि देखिए…

२०७५ पुष २१,शनिबार १४:०९

मकवानपुर २१ पौष । नवोदय शिशु सदनको आयोजनामा आजबाट हेटौंडामा बाल साहित्य महोत्सव २०७५ सुरु भएको छ । आज र भोली गरी २ दिनसम्म संञ्चालन हुने महोत्सवको औपचारीक उद्घाटन केहि समय अधिमात्रै गरिएको हो ।

नवोदय शिसु सदनको प्राङ्गणमा हुने महोत्सवबाट बाल साहित्य तथा बालबालिकाको सम्पुर्ण विकासको अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
महोत्सवमा आज चर्चित कलाकार मदनकृष्ण श्रेष्ठ समेत आएका छन् । महोत्सवमा स्थानीय कलाकारहरुको पनि प्रस्तुती रहने आयोजकले जनाएको छ ।