मउवा संघको ५२ औं साधारणसभा सम्पन्न

२०७५ पुष २१,शनिबार १३:४९

मकवानपुर २१ पौष । मकवानपुर उद्योग वाणिज्य संघको ५२ औं बार्षिक साधारणसभा हेटौंडामा सम्पन्न भएको छ ।‘ विकास र पुर्वाधार उद्योग र व्यापार’ भन्ने मुल नाराको साथ आज एक कायक्रमको आयोजनागरी मउवा संघले आफ्नो बार्षिक साधारणसभा मनाएको हो ।

कार्यक्रमका प्रमुख अतिथि एवं प्रतिनिधिसमाका सदस्य बिरोध खतिवडाले कार्यक्रमको उद्घाटन गरेका हुन् । कार्यक्रममा बार्षिक प्रगती तथा आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो । आजकै कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघले कार्तिक १९ गते शिलान्यास गरेको ३२ कोठे अतिथि सदन निर्माणको लागि समेत १५ लाख सहयोग रकम जुटेको छ ।
साधारणसमाको अवसरपारी माधवस्मृती पुरस्कार २०७५ द्वारा मकवानपुरका ५ जना पुराना व्यवसायीहरुलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि खतिवडाले उद्योग वाणिज्य संघको पुर्ण सफलताको कामना व्यक्त गर्दै, उद्योग वाणिज्य संघले अझैं उद्योगी र व्यवसायीको क्षेत्रमा काम गर्नुपर्ने र आफ्नो पुर्ण साथ रहेको बताए ।
व्यावसाय प्रवर्द्धनको निम्ति यहि फागुनमा मउवा संघले आयोजना गर्न लागेको व्यापार मेलाको विषयमा समेत कार्यक्रममा चर्चा भएको थियो ।
कार्यक्रममा मउवा संघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, केन्द्रिय सदस्य अरुणराज सुमार्गी,राजकुमार न्यौपाने,पुर्व अध्यक्ष भुवनलाल क्षेष्ठ, माननियहरु मुनु सिग्देल,जुनेली श्रेष्ठ,थाहा नगरपालिकाका मेयर लवशेर विष्ट लगाएतको उपस्थिति रहेको थियो ।