फापरबारीमा निःशुल्क आँखा परीक्षण शिविर

२०७५ पुष २१,शनिबार ११:५३

हेटौंडा २१ पौष । बागमती गाउँपालिकास्थित फापरबारीको स्वास्थ्य चौकीमा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ । रोटरी क्लब अफ मिट टाउन काठमाडौं र रोटरी क्लब अफ मकवानपुरको आयोजनामा शुक्रबार निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको हो ।

निःशुल्क आँखा परीक्षण शिविरमा करिब २०० जनाले आँखा परीक्षण गराएका थिए । यिनीहरु मध्ये ३१ जनामा मोतियाविन्दु भेटिएको छ । उनीहरुको निःशुल्क अप्रेशसन समेत गरिनेछ । वरिष्ठ नेत्र सहायक सुशीलकुमार सिंहको नेतृत्वको पाँच सदस्यीय प्राविधिक टोलीले निःशुल्क आँखा परीक्षण गरेको थियो ।

सामुदायिक आँखा अस्पताल हेटौंडाको प्राविधिक सहयोगमा भएको निःशुल्क स्वास्थ्य परीक्षण आइतबारसम्म सञ्चालन हुनेछ । आज शनिबार पर्साको पका गाउँपालिका, मकवानपुर गढीको आँपटार र बाराको जयतापुरमा निःशुल्क आँखा परीक्षण शिविर हुने रोटरी क्लब अफ मकवानपुरका संस्थापक अध्यक्ष ज्ञानकृष्ण प्रजापतिले जानकारी दिए । क्लबले प्रत्येक वर्ष मकवानपुरसहित छिमेकी जिल्लाको विभिन्न स्थानमा निःशुल्क आँखा परीक्षण गर्ने गरेको छ