राष्ट्रिय महिला भलिबल पौषको अन्तिम सातामा

२०७५ पुष २०,शुक्रबार १४:३०

काठमाडौँ, २० पौष । न्यू डायमण्ड स्पोर्टस क्लबको आयोजनामा दोस्रो संस्करणको न्यू डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिता पौषको अन्तिम सातामा हुने भएको छ ।

यही पौष २५ गतेदेखि पौष २८ गतेसम्म हुने उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहने भएको छ ।

प्रतियोगितामा तीन विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ), त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबसहित न्यू डायमण्ड एकेडेमी, टप्स मावि पोखरा, पारामाउन्ट स्कुल, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र चितवन ताइग्रेसले सहभागिता जनाउने छन् ।

प्रतियोगिताको विजेता टोलीले रु तीन लाख, उपविजेताले रु दुुई लाख, तेस्रो हुनेले रु एक लाख एक हजार प्राप्त गर्ने छन् । सर्वोकृष्ट एक खेलाडीले रु १५ हजार तथा व्यक्तिगत विधाका उत्कृष्ट खेलाडीले जनही रु पाँच हजार प्राप्त गर्ने छन्