‘लाहुरे दाईको पल्टने झोला’ बजारमा सार्वजनिक (भिडियो सहित)

२०७५, १९ पुष बिहीबार १५:२३

काठमाडौं १९ पौष । पछिल्लो समय निकै लोकप्रिय बन्दै आएकी ब्यस्त गायिका मनमाया वाईबाको नयाँ वोलको गीत ‘लाहुरे दाईको पल्टने झोला’ सार्वजनिक भएको छ । निकै मौलीक र झ्याउरे भाकामा तयार भएको उक्त गीत गायिका मनमायाको आफ्नै अफिसिएल युट्युव च्यानल ‘मनमाया वाईबा’मार्फत सार्वजनिक भएको हो ।

गीतमा गायिका मनमाया वाईबाको साथमा गायक नेत्र भण्डारीको सुमधुर स्वर रहेको छ । ‘लाहुरे दाईको पल्टने झोला’लाई सर्जक तथा गायक रबिन लामिछानेले लेखेका हुन् भने गायक भण्डारीले लय शंकलन गरेका हुन् । जसमा सर्जक तथा गायक रबिन लामिछाने र गायिका मनमाया वाईबाको थेगो रहेको छ ।

उक्त गीतको म्यूजिक भिडियोलाई हरि नारायण चौधरीले छायांकन गरेका हुन् भने सुजन शाहीले सम्पादन गरेका हुन् । गीत निकै राम्रो बनेकोमा गायिका मनमाया वाईबा ढुक्क रहेकी छन् । उनी भन्छिन्, ‘मौलीक परिवेशमा निमार्ण भएको यस झ्याउरे गीतले नेपाली दर्शक स्रोतालाई भरपुर मनोरञ्जन त प्रदान गर्ने नै छ भने फेरी एक पटक दर्शक–स्रोताहरुको मन जित्ने छु ।’

हेर्नुहोस भिडियो ।