धनगढी प्रिमियर लिग क्रिकेटमा सहभागी हुन गराए २०५ खेलाडीले नाम दर्ता

२०७५ पुष १८,बुधबार १५:५७

काठमाडौँ, १८ पौष । धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगितामा सहभागी हुन २०५ खेलाडीले नाम दर्ता गराएका छन् ।

आगामी माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा हुने क्रिकेट प्रतियोगीतामा सहभागी हुन २०५ खेलाडीले नाम दर्ता गराएको आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ ।

खेलाडीले आफ्नो न्यूनतम मूल्यसहित प्रतियोगिता खेल्न नाम दर्ता गराएका हुन् । आयोजकले खेलाडीलाई न्यूनतम रु ३० हजारदेखि अधिकतम रु दुई लाख ५० हजारसम्मको मूल्य राखेर नाम दर्ताको आह्वान गरेको थियो ।

दर्ता भएका खेलाडीलाई समावेश गर्दै आयोजकले अब खेलाडी लिलामी बिक्री प्रक्रिया अघि बढाउनेछ । खेलाडी लिलामी (अक्सन) यही पौष २२ गते हुने आयोजक संस्थाका अध्यक्ष सुवास शाहीले जानकारी दिए ।