ए डिभिजन लिग : थ्रीस्टार र संकटा आज प्रतिस्पर्धा गर्दै

२०७५, १८ पुष बुधबार ११:५२

काठमाडौं १८ पौष । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज थ्रीस्टार र संकटाबीच प्रतिस्पर्धा हुँदैछ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो २ बजेर ३० मिनेटमा सुरु हुने खेलमा थ्रीस्टार क्लब र संकटा क्लब प्रतिस्प्रर्धा हुन लागेको हो ।

लिगको दोस्रो स्थानमा रहेको संकटाको ११ औं खेलबाट २५ अंक रहेको छ । त्यस्तै लिगको तेस्रो स्थानमा रहेको थ्रीस्टारको ११ औं खेलबाट २३ अंक रहेको छ ।