माघी बिदा दुईदिन दिने प्रदेश ५ को निर्णय

२०७५ पुष १७,मंगलवार २०:१४

बुटवल १७ पौष । प्रदेश नम्बर ५ को आज बसेको मन्त्रीपरिषद्को बैठकले ७ वटा विधेयक संसद सचिवालयमा दर्ताका लागि स्वीकृत दिएको छ । कानुन निर्माणमा जुटेको प्रदेश सरकारले बैठकमा ७ वटा विधेयकसहित एक अस्थायी दरबन्दी स्वीकृत गरेको छ । बैठकले माघे संक्रान्तीमा दुईदिन विदा दिने निणर्य पनि गरेको छ ।

बैठकले प्रदेश नंं। ५ प्रदेश तथ्याङक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश नं। ५ पर्यटन सम्बन्धी कानुनी व्यवस्था गर्न बनेको विधेयक, प्रदेश नं। ५ खानी अन्वेषण र व्यवस्थापन सम्बन्धी कानुन व्यवस्था गर्न बनेको विधेयक, प्रदेश नं। ५ भवन निर्माण कार्यलाई व्यवस्थित गर्न बनेको विधेयक मन्त्रीपरिषद्को निर्णयबाट स्वीकृत भएको छ ।

त्यसैगरी प्रदेश नंं। ५ स्वास्थ्य संस्था स्थापना सञ्चालन, नविकरण तथा स्तोरउन्नती गर्न बनेको विधेयक, प्रदेश नंं ५ बालबालिकाको हक अधिकार संरक्षण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पनि स्वीकृत भएको छ ।

त्यसैगरी भौतिक पूर्वाधार विकास मन्त्रालयले बैठकमा पेश गरेको माडी–लुङग्री सिचाईं आयोजनाका लागि आवश्यक अस्थायी दरबन्दी स्वीकृत प्रस्ताव समेत बैठकले स्वीकृत गरेको छ ।

यस्तै बैठकले थारुको बाहुत्यता भएको प्रदेश भन्दै माघीको अवसरमा दुई दिन बिदा दिने निणर्य गरेको छ । माघ १ र २ गते बिदा हुने भएको हो ।
रातोपाटीले समाचार लेखेको छ ।