मकवानपुरको मनहरीमा बोलेरो दुर्घटना हुँदा ११ जना घाईते

२०७५, १७ पुष मंगलवार ११:३२

हेटौँडा,१७ पौष । पश्चिम मकवानपुरको मनहरी बजारबाट मनहरी गाउँपालिका–६ रुपाचुरी जोड्ने ग्रामीण सडकमा बोलेरो भ्यान दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

सोमबार मनहरी बजारबाट यात्रु तथा खाद्यान्न बोकेर रुपाचुरीतर्फ जाँदै गरेको ग १ ज ६१३२ नंको बोलेर कान्छीमोड भन्ने स्थानमा भ्यानको स्टार्ट बन्द हुँदा गाडी ब्याक भई भिरालो ठाउँबाट खस्दा दुर्घटना भएको हो ।

दुर्घटनाबाट घाइते हुनेहरुमा मनहरी–७ का ५७ वर्षिया अजम्बर ब्लोन, मनहरी–६ का २० वर्षिय मनिराज लामा, बिमान तामाङ, ६६ वर्षिया ठुली माया रुम्बा, ३३ वर्र्षिया किबिता वाईबा, २७ वर्षिया प्रिती थिङ, ४३ वर्षिया ठुलीमाया बल, २४ वर्षीया नानी मुक्तान, ७६ वर्षिय कालिबहादुर घलान र १७ वर्षिया राममाया मुक्तान रहेका छन् ।

उनीहरुको मनहरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरी थप उपचारका लागि भरतपुर पठाइएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ । बोलेरो चालक घटनापछि फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।