दिव्यतारा बहुउद्देश्शीयको पाँचौं सम्पर्क कार्यालय मनहरीमा शुरु

२०७५, १६ पुष सोमबार १३:५९

हेटौंडा, १६ पौष । दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था हेटौंडाको पाँचौं सम्पर्क कार्यालय मनहरी बजारमा शुरु भएको छ ।

दिव्यतारा सहकारीकी अध्यक्ष महालक्ष्मी उपाध्याय डिनाको सभाध्यक्षता तथा नेपाली कांग्रेस मकवानपुरका सभापति एवं कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा सम्पर्क कार्यालयको उद्घाटन गरिएको हो ।

आइतबार भएको उद्घाटन कार्यक्रममा ३ नम्बर प्रदेशका प्रदेशसभा सदस्य सन्त चेपाङ, राक्सीराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष निर्मला हिमडुङ, राष्ट्रिय सहकारीका प्रमूख रामेश्वर अर्याल, पश्चिमी क्षेत्र उद्योग वाणिज्य संघका अध्यक्ष गोविन्द रिजाल, काँग्रेसका नगर सभापति आनन्दराम पराजुली, दिव्यताराका सल्लाहकार दिनेश उपाध्याय लगायतले मन्तव्य व्यक्त गरेका थिए ।