मनहरी २ मा लोह्छार विशेष सांस्कृतिक कार्यक्रम हुने

२०७५, १४ पुष शनिबार १९:३९

मकवानपुर १४ पौष । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर २ भुन्दु्रङटाँडीमा बौद्ध धर्मलम्बीहरुको ‘चाड सोनाम लोह्छार’को अवसरमा सांस्कृतिक कार्यक्रम हुने भएको छ । आउदो माघ २२ गते अर्थात फेब्रेबरी ५ मा सांस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको रत्नलिङ गुम्बाका अध्यक्ष बिस्नुलाल स्याङतानले जानकारी दिए । आज छलफल कार्यक्रमको आयोजना गरी सांस्कृतिक कार्यक्रम बारे जानकारी गराईएको हो ।

आजै आर्थिक संकलनको विषयमा समेत छलफल भएको थियो । छलफल कार्यक्रममा विभिन्न व्यक्तिलाई विभिन्न जिम्मेवारी समेत दिईएको छ । आर्थिक कार्यसमिति संयोजकमा अमर लामालाई नेतृत्व दिईएको छ भने कर्मा स्याङ्तान, दिपक स्याङ्तान, अर्जुन घलान, राजु स्याङ्तान, सुन्दर थिङ लगाएत कार्यासमितिमा चयन भएका छन् ।
कार्यक्रमको साँस्कृतिक र मनोरञ्जन सँयोजक सन्देश थिङलाई जिम्मा दिईएको छ । बिस्नुलाल स्याङ्तान्को सभाध्यक्षतामा बसेको बैठकमा सचिब अर्जुन घलान कोषाध्यक्ष निर्मलादेबि स्याङतान लगाएतको उपस्थिति रहेको थियो ।