रामबहादुर बम्जन उर्फ लिटिल बुद्धले के के मच्चाए बितण्डा ?

२०७५ पुष १४,शनिबार ०६:४६

मकवानपुर १३ पौष । बारा जिल्लाको रतनपुर गाविसमा रहेको सामुदायिक बनमा तपस्या गरेर आफु ‘लिटिलबुद्ध’ हुँ भन्दै जनतालाई भ्रममा पार्दै आइरहेका रामबहादुर बम्जन विरुद्ध उजुरी परेको छ । मकवानपुरका २ जनालाई बेपत्ता पारेको भन्दै उनीविरुद्ध मकवानपुर प्रहरीमा उजुरी परेपछि अहिले प्रहरीले उनलाई खाजेर पक्राउ गर्ने प्रयास गरिरहेको छ । सुरुवाती चरणमा तपस्या गरेर बसेका भनिएका बम्जनले थुप्रै नेपालीहरुको सहानुभूनि बटुलेपनि पछिल्लो समय उनका कर्तुतहरु एकाएक सार्वजनिक हुन थालेका छन् । उनीमाथी अनुयायी बेपत्ता पारिएको आरोपदेखि आनी बलात्कार गरेको समेत आरोप लागेको छ ।

के के मच्चाए बितण्डा ?
रामबहादुर बम्जन उर्फ लिटल बुद्धले आफुलाई पटक पटक बलात्कार र यौन दुव्र्यवहार गरेको भन्दै एक महिलाले पत्रकार सम्मेलन मार्फत बम्जनको कर्तुत सार्वजनिक गरेकि थिईन । २०७१ साउन २८ गते बाराको जंगलमा बम्जनको आनी बनेर पुगेकी ती किशोरीले आफुलाई बम्जनले बलात्कार गरेको पत्रकार सम्मेलन मार्फत जानकारी दिएकी थिईन् । पिडित किशोरीले काठमाडौंमा पत्रकार सम्मेलन गरेर बम्जनबाट आफु बलात्कृत भएको दाबी गरेकी थिईन् । २०७३ साउन २० गते राति करीब नौ बजे सिन्धुलीस्थित आश्रममा बम्जनले आफूमाथि जवर्जस्ती करणी गरेको युवतीको भनाई थियो ।

त्यसैगरी उनीमाथी अहिले मकवानपुरका २ जना र नुवाकोटको १ जनागरी ३ जना बेपत्ता पारेको भन्दै प्रहरीमा उजुरी परेको छ । उनले मकवानपुरको पदमपोखरीका ५१ बर्षिय सञ्चलाल वाईवालाई ५ बर्षदेखि बेपत्ता पारेको भन्दै वाईबाका छोराले मकवानपुर प्रहरीमा उजुरी दिएका छन् । त्यसैगरी मकवानपुरकै अर्की ३० बर्षिया फुलमाया रुम्बालाई पनि बेपत्ता पारेको भन्दै रुम्बाका भाई विजयले उजुरी दिएका छन् । उनी विरुद्ध अनुयायी बेपत्ता पारेको भन्दै उजुरी नुवाकोट प्रहरीमा पनि परेको छ । कर्म वाईबालाई ५ दिनदेखि बेपत्ता पारेको भन्दै वाईवा परिवारले उजुरी दिएका छन् ।

त्यसोत बम्जनले आफ्नो आश्रम ३ पटकभन्दा बढी फरक स्थानमा सारिसकेका छन् । आन्तरिक स्रोतका अनुसार उनको कर्तुत सार्वजनिक भएपछि उनले रतनपुरबाट विभिन्न स्थानमा आश्रमसार्दै अहिले सिन्धुली पुगेका छन् ।