काम गर्ने तरिका नजानेर सरकार अलमलिएको छ : नेता पौडेल

२०७५, ११ पुष बुधबार ०६:२७

काठमाडौं ११ पौष । कांग्रेस वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री रामचन्द्र पौडेलले वर्तमान सरकार कुहिरोको काग बनेको बताएका छन् । स्थानीय तहदेखि प्रदेश हुँदै केन्द्रसम्म दुई तिहाइको सरकार हुँदा चारैतिरबाट बिकासको फड्को मार्नु पर्नेमा कुहिरोमा काग रुमलिएको जस्तो भएको आरोप पौडेलले लगाएका हुन् ।

पौडेलले भने, ‘यो सरकार कुहिरोको काग बनेको छ । यो सरकारले काम गर्ने तरिका नजानेर अलमलिएको छ ।’ कांग्रेसले सरकार चलाउँदा आलोचना गर्न जानेका तर नेकपा आफैँ सरकारमा हुँदा काम गर्ने तरिका नजानेर रनभुलमा परेको उनको भनाई छ ।

नेता पौडेलले काभ्रेको बनेपामा अयोजित अरनिको मिडिया नेटवर्कले आयोजना गरेको रेडियो अरनिको शुभारम्भ कार्यक्रममा यस्तो बताएका हुन् । वर्तमान सरकारले जनताले सोचेजस्तो काम गर्न नसकेको पनि पौडेलले बताएका छन् । उनले भने, ‘दिन दिनै भ्रष्टाचार भैरहेको छ, बलात्कारका घटना दिनहुँ बढेका छन् । बालबालिका अपहरणमा परिरहेका छन् भने जनताले सरकारको महशुस कसरी गर्ने ?’

आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।