सुपरस्टेज थाइल्याण्ड २०१८ को तेस्रो भीमफेदीकी श्रेष्ठ

२०७५ पुष ९,सोमबार १८:१४

 हेटौंडा ९ पौष । मकवानपुरको भिमफेदी निवासी जिस्वाँ तुलाधर श्रेष्ठ ‘सुपरस्टेज थाइल्याण्ड जिमखाना प्रतियोगिता २०१८’ को तेस्रो भएकी छिन् ।

डिसेम्बर २३ थाइल्याण्डमा भएको ‘सुपरस्टेज थाइल्याण्ड जिमखाना प्रतियोगिता २०१८’ को महिला तर्फ नेपालकी श्रेष्ठ तेस्रो भएकी हुन् ।

नेपालबाट प्रतिस्पर्धामा भाग लिन पुरुषतर्फ आशिष भारती र दिव्यज्योति तथा महिलातर्फ जिस्वाँ तुलाधर श्रेष्ठ अफिसियल यदुराज लामिछाने (आशिष) को टोलि त्यसतर्फ प्रस्थान गरेको थियो ।

प्रतिस्पर्धामा इन्डोनेसियाले पहिलो, ताइवानले दोस्रो र नेपालले तेस्रो स्थान प्राप्त गरेका हुन् । सुपरस्टेज थाइल्याण्ड जिमखाना थाइल्याण्डकै इन्टरक्लबले आयोजना गरेको प्रतिस्पर्धा हो ।