नेकपा प्रदेश–५ द्वारा दुर्घटनाप्रति दुःख व्यक्त

२०७५ पुष ८,आईतवार १२:५०

दाङ, ८ पौष । दाङको तुलसीपुर–सल्यान सडक खण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा शुक्रबार भएको बस दुर्घटनाप्रति नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं. ५ ले दुःख व्यक्त गरेको छ ।

नेकपा प्रदेश नं ५ का सचिव जगप्रसाद शर्माले शोक वक्तव्य जारी गरी मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

शुक्रबार अपरान्ह ४ः५० मिनेटमा कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालयका विद्यार्थी र शिक्षक चढेको बा ४ ख ९७६६ नम्बरको बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।