मकवानपुरबाट नेपाल जेसीजमा शर्माको उमेद्वारी

२०७५ पुष ७,शनिबार १३:३४

हेटौंडा ७ पौष । यही पौष ७, ८, ९ र १० गते जनकपुरमा हुन लागेको नेपाल जेसीजको ४५ औं राष्ट्रिय महाधिवेशनमा यस वर्ष मकवानपुरबाट एक जनाको मात्रै उमेद्वारी परेको छ ।

बसामाडी जेसीजका वर्ष सन् २०१८ का अध्यक्ष हरिकुमार शर्माले राष्ट्रिय उपाध्यक्ष पदमा उमेद्वारी दिएका छन् ।

बसामाडी जेसिजले लामो समयदेखि नेपाल जेसीजमा आफ्नो दावेदारी प्रस्तुत गर्न सकेको छैन् । शर्माले भने, ‘यस पटक राष्ट्रिय उपाध्यक्षमा रहेर काम गर्ने उद्देश्यकासाथ अघि बढेको छु । सबैको साथ र सहयोग पाउनेमा विश्वाश्त छु ।’
ने

पाल जेसीज र देशका विभिन्न शाखाहरुकोबीचमा सुमधुर सम्बन्ध विकास गर्दै युवाहरुको नेतृत्व र व्यक्तित्व विकाससँगै सामाजिक कार्य गर्ने उद्देश्यले राष्ट्रिय उपाध्यक्ष पदमा उमेद्वारी दिएको उनले बताए ।

आवश्यकताको आधारमा नेपाल जेसीजकै नेतृत्व गर्ने उद्देश्यसहित राष्ट्रिय उपाध्यक्ष पदमा दाबी गरेको शर्माले जानकारी दिए । मकवानपुरका जेसीजको पाँच वटा शाखाहरु रहेका छन् । नेपाल जसीजको राष्ट्रिय अध्यक्ष पदमा रहेर हालसम्म मकवानपुरका १ जनाले मात्रै नेतृत्व गरेका छन् । हेटौंडा जेसिजका पूर्वअध्यक्ष राजेश मोहन प्रधान सन २००६ मा नेपाल जेसीजको अध्यक्ष भइसकेका छन् ।

एक व्यक्ति, एक पद, एक कार्यालयको प्रणाली रहने जेसीजको जनकपुरमा हुन लागेको महाधिवेशनमा अधयक्ष पदमा ४ जनाले उमेद्धवारी दिएका छन् । यस्तै ४ कार्यकारी उपाध्यक्ष पदका लागि ८ जनाले उमेद्धवारी दिएका छन् भने १२ राष्ट्रिय उपाध्यक्षका लागि २३ जनाको उमेद्धवारी परेको छ । नेपाल जेसिजको हालसम्म १ सय ४० शाखा रहेको छ । आजको प्रदेश दैनिका समाचार छ ।