रवि ओड बने नेपाल आइडल सिजन २ को विजेता

२०७५, ६ पुष शुक्रबार २१:२४

मकवानपुर ६ पौष । म्यूजिकको ठूलो रियालिटि सो नेपाल आईडल सिजन २ को बिजेता रवि ओड बनेका छन् । भर्खरै सम्मन्न भएको नेपाल आईडलको फाइनल प्रतियोगिताले उनलाई बिजेता घोषणा गरेको हो । उनले नगद २२ लाख, गाडी लगाएत विभिन्न पुरस्कारको साथमा वल्र्ड टुर गर्ने भएका छन् । त्यसैगरी फस्ट रनरअप बन्न बिक्रम बराल सफल भएका छन् । उनले नगद २० लाख र वल्र्ड टुरको अवसर प्राप्त गरेका छन् । सेकेन्ड रनरअप हुन सफल भएका सुमित पाठकले १२ लाख पुरस्कार र वल्र्ड टुरको अवसर प्राप्त गरेका छन् । र थर्ड रनरअप बनेकी अस्मीता अधिकारीले होन्डाको स्कुटी पुरस्कार पाएकी छिन् भने उनले पनि वल्र्ड टुरको अवसर पाएकी छिन् ।