सागर घोरासाइनीको अनुभव : ‘विदेश पुगेपछि पसिनाको मूल्य थाहा भयो’

२०७५, ६ पुष शुक्रबार १८:१७

मकवानपुर ६ पौष । जीवनलाई अगाडि बढाउँदा बढाउँदै म यतिसम्म पर पुगेँकि फर्कने कुनै भरयाङ्ग छैन् । सम्झन्छु त्यो दिन। जहाँ म अभावमा बाँचेको थिए, त्यँहा धेरै थोकको अभाव थियो । तर जति नै अभाव भएता पनि एउटा मीठो निन्द्रा थियो । एउटा मीठो साथ थियो । एउटा मीठो माया थियो ।आफुलाई केयर गर्ने मान्छे थियो। सम्झाउने सिकाउने जमात थियो । मेरै लागि बाच्छु अनि मलाई केही भयो भने मर्छु भन्ने एउटा आवाज थियो । बिरामी भए ओखतीमुलो गर्ने हात थियो। दुखमा साथ अनि एक्लोपन लाई चिर्ने हतियार थियो । उफ्फ यो भोगाई फगत एउटा कथा बन्यो वास्तविक कथा। रेडियोमा मेरो पहिलो दिन अन्तरबार्ता लिएका थिए त्यहाँका म्यानेजरले त्यो मेरो जिबनकै पहिलो अन्तरबार्ता त थिएन त्यसको पहिले पनि साधारण सोधपुछ गरिएको थियो । सरले कति तलब लिन्छौं भन्दा मेरो आबाज निस्किएको थिएन जति दिए पनि लिनु पर्ने परिस्थिति थियो त्यो बेला, कस्तो कस्तो अबस्था आउने जीवनमा कस्तो कस्तो भोगाई भोग्नु पर्ने जीवनमा , बेला बेलामा सोच्ने गर्छु यति पढेर पनि जीवन अगाडि बढाउन अफ्ट्यारो परेको छ तर पढ्दै नपढेका हजुर बुबाले कसरी आखाको डिल ले नदेख्ने खेत जोडे बुबाले कसरी यो सब स‌ृष्टि गरे । बाला अबस्थामा बडो मज्जा लाग्थियो बुबाले हलो जोतेको हेर्न ।अनि अहिले आसु झ्रछ त्यहि कुरा सम्झन ।

कमाउनु र खर्च गर्नुमा फरक पर्ने रहेछ। हेटौंडामा बिबिएस पढदै थिँए सहरको बसाई खर्च अत्याधिक हुने । घरबाट पठाएको पैसाले कोठा भाडा ,खाना खर्च कलेज फिस सबैलाई नपुग्ने बुबासंग मागु कति माग्नु अरुसंग कोसंग माग्नु , हेटौंडा बसिन्झेल पैसा को अभाब रहिरह्यो । कहिले खाना र कलेज फिस तिर्दा तर्दै कोठा भाडा तिर्न पुग्दैन थ्यो । साथीसंग माग्यो काम चलायो यहाँ तिर्यो त्यहा तिर्यो सधैँ समस्या नै समस्या उत्त्पन्न हुन्थ्यो । त्यस कारणले पनि रेडियो मा जति दिएपनि गर्नुपर्ने अबस्था आएको थियो । काम गरिँदै गईयो पहिला पहिला त्यँहाको तलबले धानेको थियो पछि पछि त्यो पैसाले कहिले नि पुगेन । आफ्नो आवश्यकता कहिले पूरा भएन् । अभाब नै अभाबमा बाच्न परेको थियो । कति साथीहरु त मेरो यो अबस्था देखेर छोडेर गए मन पिल्सिएको थियो आगोमा मकै पिल्सिए झै, साथिले छोडेर गएको देखेर पछि एक दिन बिदेश जाने निर्णय लिए कति बाच्नु अभाबमा झै लागेर । नेपाल छोड्ने रहर थिएन मलाई बाध्यता परेको थियो । अन्तिम परीक्षा दिएर घर गँए पासपोर्ट बनाउने सिफारिस बोकेर राजधानी गए । गाउँकै दाइ गएको मेनपावर बाट जानूपर्यो भनेर कागज बुझाएर घर आए भिषा कहिले आएन । ७ महिना कुरे पछि कागज अर्को ठाँउमा हाले काम एउटा भनेर अर्कोमा हालेछ निकालेर फेरी अर्को ठाउमा हाँले १ बर्ष यतिकै दौडिएँ । यो १ बर्षमा धेरै कुरा सिँके, धेरै कुरा सिँकाए । कसैलाई मान्छे बँनाए कसैको मान्छे बँने यावत कुरा आईपरे जिबनमा पछि अन्तिम पटक कागज हालेको ठाउँबाट उड्न लाई बोलायो ।शुक्रबार नै आईतबारको लागि टिकट बुकिङ गर्न गँए । समान अगिल्लो दिन नै प्याक गरेको थिँए । समान बोकेर हिँडे बाटोभरी भेटिएका जतिलाई बिदा माँगे चोकसम्म बुबा ,हजुरबुबा ,ममि,दादा आउनुभएको थियो । गाडि चढ्ने ठाउँबाट ठुलो बुबाको घरको सबै लाई हात हल्लाउँदै बिदा माँगे । गाडिमा बसेर पनि सबैसंग बिदा माँगे सबैले के के भन्दै हुनुहुन्थ्यो कानले सुन्यो दिमागले सुनेन गाडि अगाडि बड्यो । गाडिबाट ओर्लिएर घर फर्किन मन लागेको थियो । मनले हजारौं कुरा एकै पटक सोच्यो मन पनि कति कुरा को भण्डार रहेछ । मनै त हो नाप्न सकिन्न र पो त नत्र त घर परिबार र देश को माया कति छ भन्ने बिदेशीने नेपालीलाई थाहा हुन्छ

काठमाडौंमा आएर दिदीलाई भेँटे अनि मेनपावरको काममा लाँगे ५,६ दिन पछि उडाउछु भनेर २१ दिन लगायो त्यो बिचमा काठमाडौंमा रहेका सबै लाई भेँटे । काठमाडौं आईपुगेको १७ औं दिनमा मलाई उडउन भनेर घरबाट बुबा आउनुभयो । २१ औं दिनमा बेलुका ११ ः३० को टिकट हात पर्यो । सबै किनमेल सकेर उडन तयार भँए । ९ बजे बिदा भएर बिमानस्थल गए त्यहा पनि सबैसंग बिदा भएर भित्र छिँरे सबै चेकजाँच सकियो । विमान पर्खेर बसियो एकै छिनमा खोज्न आयो । विमानसम्म पुर्‍याउने बस चडेर लागियो विमानतिर विमान चडियो सिटमा गएर बसियो । दिदिलाई अब काठमाडौं नै हल्लाएर उडने बिमानमा म हुनेछु भनेर फोन बन्द गरे ।

बिस्तारै बिस्तारै विमान धाबन मार्गमा अगाडि बडिरहेको थियो एक हिसाबले मन फुरुङ थियो बर्षौ दिन देखिको सपना पूरा हुँदैछ । अर्कोतिर जीवनमा नै पहिलो पटक विमानको अनुभब गरिरहेको थिँए । विमानको आवाजले मन काँपिरहेको थियो। बिस्तारै बिमानले आफ्नो गतिलिन थाल्यो फुत्त आकाशमाथी उडेपछि काठमाडौंलाई छोडेर गईयो। केहीबेर माथीबाट देँखिदै थियो पछि बादलभन्दा केही देखिएनन् ।
मन हर्षित थियो एकातिर आफ्नो आमा बाबूको आशा पूरा गर्ने अनि अर्कोतिर आफ्नो भबिश्य निर्माण गर्ने यस्तै यस्तै कुरा सोचेर मन दैडिरहेको थियो । विमानको जति गति छ त्यै गतिमा मनमा कुरा खेलिरहेको थियो । कस्तो ठाँउ पर्ने हो के हुने हो याबत कुराले मन समालि नस्कनु भकोथियो । जिबनको २२ औँ बसन्तसम्म नसोचेको कुरा विमानको काठमाडौंबाट दुबईको दुरीमा सोचेको थिँए। सबै साथीहरु निदाएको देखिन्थे । मेरो भने बिमान बाहिरको बादल जस्तो मन भित्र बादल छाएको थियो । त्यो चार घण्टा जिबनकै अविस्मरणीय पल बन्यो । यात्रा भरि निन्द्रा लागेन बाहिर कहिले बादल त कहिले ठाउ ठाउ का उज्याला देखिन्थे । भारतका विभिन्न ठाउ हुँदै दुबई पुगियो केहीसमयमा नै हामी दुबईको बिमानस्थलमा अबतरण हुदैँछौ भन्ने जानकारी पाउनासाथ सबै जाराकजुरुक उठ्न लागे बिस्तारै बिस्तारै विमान जमिनमा पुग्यो ।आकासमाथी उडिरहेको मेरो सपना विमान को चर्को आवाज मा स्तब्ध भयो । विमान बाट बाहिर निस्कदा ४२ड्ढ पुगेको रहेछ सहन नस्कने तातो भयो । खएर त्यो सम्भब भए फेरी फर्केर विमानमा नै पुग्न मन लाग्यो। बिमनस्थलभित्र छिर्नु भन्दा पहिले ठुला ठुला विमानहरु हेरीयो । भित्र पुगेपछि सबै सेता कपडा लगाएका पुरुष अनि अनुहार देखाउनु नै महा पप हो भन्ने सोच्ने काला कपडा ले मुख छोपेका महिला पनि देखियो मनमा कता कता डराएको भान हुन थाल्यो । अनि महिलाको अनुहारमा हेर्नू जग्नय अपराध हो भन्ने सोच्ने देशकै नियम पालना गरियो । कस्ता कस्ता विकास हात देखाउदा पानी आउने अनि त्यै हातमा लागेको पानी सुकाउने सबै मेसिन हुँदा रहेछन यहाँ अनि त्यहि बेला मेरो गाउँमा बाटा भरी हिडिनसक्नु गरि गनाएको सम्झिए। हिड्दा चिप्लेर लडिएला जस्ता मारबल गाडिनै नदेखिने गरि कुदाउने फराकिला फराकिला सडक आकाश माथीनै पुराउन बानाएका जस्ता नदि बिनाका पुल अनि आकाश लाई नै छुने जस्ता घर देखेर मन हर्षित हुनु को सट्टा आफ्नो देश सम्झिए अनि एक थोपा आसु तुरुक खसाले । विमानस्थलबाट बाहिर निस्किएर कम्पनीको मान्छेलाई पर्खिरहेका थियौँ । केहीसमय अगाडि एउटै सिटमा बसेको नेपाल घर बताउने दुबईमा ३,४ बर्ष काम गरेर छुटीबाट फर्किएको मान्छे भेटभयो उस्ले घरमा फोन गर्नको लागि आग्रह गर्दै मोबाइल थमायो । करिब दुबईको ३ बजेको रहेछ नेपालबाट हिड्दा पुग्ने बितिकै फोन गर है भनेकी दिदी लाई फोन लगाए । दिदी म पुगे भनेर फोन राखेँ ।मनमा खुसी पलायो केही समयमा नै गाडि आयो हामीलाई लिन गाडी चडेर बाटो भरीको मनोरम द्रिष्य हेर्दै हिडियो निन्द्राले आखा पोलीरहेको थियो ।कम्पनिको क्याममा पुगेपछि बिजोक लाग्यो चारै तिर मान्छे मान्छे कसरी बस्ने कसरी काम गर्ने अन्यौलमा परेँ कसम त्यो बेला चाहि घरको खुब याद आयो । क्याप मा आएको केही समयमा नै रुम पाईयो रुम मा गएर सुत्ने कोसिस गरे भोकले निद्रा लागेन साथि हरुसंग पसल गएर पाउरोटी र जुस लेर आए त्यो खाएर सुते जीवनमा नै खाना बिनाको दिन त्यहि भएको थियो । निदाउने कोसिस गरेँ निद्रा नलाग्ने बाहिर गयो बस्न नसकिने रुममा साथीहरु हासेकाछन् हास्न मन नलाग्ने । साच्चै जीवनमा यस्तो दिन पनि आउँदो रहेछ कारण हुँदा पनि हास्न नसकिदो रहेछ । घरको याद परदेशमा करोडौं पटक आउदोरहेछ ,याद यसकारण ले आउदोरहेछ कि हामी केही बर्षको लागि घर भुल्न खोजेको हुँदारहेछौ। दिन दिनै अन्तरबार्ता भको भई गर्ने खाली हिन्दी र अङ्ग्रेजी नेपाली त आफ्नै साथीहरु संग मात्र बोल्न पाईने। यहाँ को नियम फरक ब्यबहार फरक बोल्ने शैली फरक हरेक थोकमा फरक पाए मैले । सुन्ने गरेको थिए बिदेश मा दुख पाईन्छ हो यो सत्यता हो तर रक्सी खाएर हल्ला गर्ने र भाषा नआउनेले दुख पाउने रहेछ हामी जस्ता सोझा साझालाई त केही फरक नपर्ने रहेछ । नेपालबाट आईपुगेको पहिलो दिन दिन भरी घाममा हिँडेरनै बिताईयो सिम लिने घुम्ने आदि गर्दा नै दिन गयो । बेलुका १० जना मिलेर पैसा उठाएर खाने सामान लेरआएउ खाना बनाउन लाग्दा एउटा साथी दिन भरीको घामको राफले भुईमा लड्यो नाकबाट धेरै रगत आयो यहाँको कानुन मा रगत देख्ने बितिकै कडा सझाय हुने रहिछ । क्याप बोस लाई बोलाएर देखाईयो दुई मिनेटमा नै एम्बुलेन्स आयो उस्को होस आयो तर के बोल्ने थाहा पाउन सकेको थिएन । एम्बुलेन्सको पुलिसले अस्पताल लानुपर्छ भनेर एक जना साथी मगायो ।म जान तयार भँए अस्पतालमा १ घण्टा भनेर पूरा रात राखिदियो न पर्स बोकेको थिँए न त खाना नै खाएको थिँए । रातभरी भोकै बसेको देखेर त्यँहाको अरबिक ले २० दिराम दियो बाहिर गएर हेर्दा सबै बन्द भैसकेको रहेछ ।

भित्र गएर बसेँ एसीको चिसोले निद्रा आएन केही समयपछि सफा गर्ने मान्छे आई उसले किन यसरी बसेको भनेर सोधी बोल्दै जाँदा नेपाली चेली रहिछ । आफ्नै दिदी भेटे जस्तो भयो । उसलाई सबै भने उसले आफुलाई खान लिएर आएको जुस ब्रेड स्याउ दि त्यो खाई सके पछि ओड्ने लिएर आई अनि एउटा कुर्सी को पनि ब्यबस्था गरी रात सजिलैसंग कटाईयो त्यो बेला मलाई मेरो बेड को खुब याद आयो । बिहान ७ बजे हस्पिटलबाट बिदा दियो नेपाली दिदीलाई आभार प्रकट गर्नुपर्यो भनेर खोजे उनी त गई सकिछिन। क्यापमा आउदा बेलुकाको खाना रहेछ ३० घण्टा को भोकले गर्दा चिसो भात नै खाए खाना मा केही स्वाद पाईन मैले नेपालको खाना र यहाँको खानामा फरक पर्ने रहेछ त्यहि माथी पनि १० जना लाई पकाएको खाना मुखमा हालि नस्कनु हुदो रहेछ त्यो बेला मेरी आमा ले पकाउनु भएको खानाको खुब याद आयो। हरेक दिन प्रतिलिपी बन्दै गयो । बिहान उठ्यो अन्तरबार्तामा गयो खाना खायो नेट चलायो बजार घुम्यो बेलुका खाना खायो नेट चलायो सुत्यो । दुबाई आईपुगेको दोस्रो दिन बेलुका फेसबुकमा भेनाजु लाई आफु आएको कुरा बताए नम्बर माग्नु भयो दिँए एकै छिनमा फोन आयो फोन मा बोल्नै सकिन बाथरुम गँए फोनमा बोले आँखा भरी आसु आयो अनि फोन बन्द गरेर भकानेर रोए एकछिनमा हलुका भयो अनि फेस्र भएर रुममा गए । तेस्रो दिन बिहानै बुबालाई फोन गँरे आफु खुसी अनि सुखी रहेको बताए बेला बेला मा फोन गर्दै गर्नु भनेर फोन राख्दिनुभयो । दुईचार दिन घरको याद आउनुसम्म आयो । एक हप्ता पछि तालिममा हाल्यो तालिम सकियो परिझा सबै भयो सारिरिक र लिखितमा दुबैमा पास भँए लिखितमा पास हुनेमा पहिलोमा म पँरे। दुबई आएको १७ दिनबाट काममा लागियो । काममा लागेपछि न कसैलाई सम्झने नै फुर्सद भयो नत रुन नै मन लाग्यो, लाग्यो मात्र त पैसा कमाउन र बचाउन मन लाग्यो । काम पनि सजिलो लाग्दै गयो पहिला पहिला यहाँको तातोले सारै गार्‍हो हुन्थ्यो अहिले त्यो पनि बानि पर्यो । १० जना साथीहरु पनि छुटेर आफ्नो डिउटी मिल्नेसंग खाना खान थाँले हिजो आज आफुले भने जस्तो मीठो गरि खाना खान पाईएको छ । हरेक छाक मासु खाँदा म सानो छँदा घर को परिबार सबै दसैँ अघि बिरामी भएर अपचार गर्दा गर्दै सबै पैसा सकिएर छिमेकिको बाट ५ केजी मासु ल्याएर दसै मनाएको अनि सबै साथी को मा खसी काटेको देखेर म रुदै हाम्रो मा पनि खसी काट्नुपर्छ भनेर लिडेढिपी गरेको झलझली याद आउँछ । नेपालमा बर्षमा एक पटक दसैँ आउछ तर नेपालको जस्तो दसैँ नआए पनि यहाँ हरेक महिना को तलब आउने दिन दसैँ आउछ । सबै रक्सी र नँया नँया कुरामा पैसा खर्च गर्छन । तर म जस्ता एकादलाई तलब आएर घर पठाउदा अनि घरबाट पैसा निकाली भनेर फोन गर्दा एकै पटक हजार वटा दसैँ आउछ । यहाँ हरेक कुरा सिसटममा चल्छ अनि म पनि त्यै सिसटम मा चल्न सिक्दै छु । अब बस सपना पूरा गरेर नेपाल फर्कने दिनको प्रतिझामा छु । हरेक दिन दिदीसंग घरको खवर सोध्छु बुबा आमा हजुर बुबालाई पनि बेलाबेलामा फोन गर्छु । सबै राम्रो हिसाबले चलेको छ सोचे भन्दा राम्रो काम पाईएको छ । नेपालमा भनेभन्दा धेरै तलब पाईएको छ । सबै मिल्ने साथी पाएको छु नमिल्ने साथी बाटो लागि सके नेपाली भारती पाकिस्तान श्रीलङका अफ्रिकाका विभिन्न देशका अनि अरबिक सबै धेरै मिल्ने साथिहरु पाएको छु । सबै नेपालीले बिदेशमा आएर दुख पाउदैनन् भन्ने उदाहरण हुँ म । म भन्छु सबै नेपालीले बिदेश मा आएर दुख पाउदैनन् तर सबै नेपालीले बिदेशमा आएर दुख गर्न सिक्छन् । अनि पसिनाको मूल्य सदुपयोग गर्न सिक्छन ।