मकवानपुरको भिमफेदी गाउँपालिकामा बेवारिसे अवस्थामा शव फेला

२०७५, ३ पुष मंगलवार १७:०२

हेटौँडा, ३ पौष । मकवानपुर भिमफेदी गाउँपालिकाको अघोरमा बेवारिसे अवस्थामा शव फेला परेको छ ।

भिमफेदी गाउँपालिका–९ अघोर खण्डमा रहेको त्रिभुवन राजपथको छेवैमा पुरुषको शव फेला परेको हो ।

शवको कसैले पनि जिम्मा लिएको छैन । शवलाई अहिले पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।