रोकियो  तीन जोडीको बालविवाह

२०७५, २७ मंसिर बिहीबार १३:४८

सोलुखुम्बु २७ मङ्सिर । यहाँको माहाकुलुङ गाउँपालिकामा बालविवाह हुन लागेको सूचनाका आधारमा प्रहरीले बुधबार तीन जोडीको विवाहे रोकेको छ ।

बालिकाको विवाह भइरहेको गोप्य सूचनाका आधारमा प्रहरी चौकी छेस्कामबाट गएको प्रहरी टोलीले उक्त विवाह रोकेको प्रहरीले जनाएको छ ।

विवाह हुनबाट रोकिएका तीनै जना बालिकालाई स्थानीय जनप्रतिनिधिको रोहवरमा अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।