बाग्लुङको काठेखोलामका २२ वर्षिय युवा तीन दिनदेखि बेपत्ता

२०७५, २७ मंसिर बिहीबार ११:३८

गलकोट, २७ मङ्सिर । बाग्लुङ जिल्लाको काठेखोला गाउँपालिका–४ युवा मनबहादुर थापा तीन दिनदेखि बेपत्ता भएका छन् ।

काठेखोला–४ साविक तङ्ग्राम गाविस–६ साँकोट घर भई हाल काठेखोला–१ अक्षेते बस्ने २२ वर्षीय उनी मङगलबार बिहानदेखि बेपत्ता भएको परिवारले जनाएको छ ।

केही समयदेखि मानसिक समस्या भएर घरमै बसी उपचार गराइरहेका उनी मङ्गलबार बिहान ९ बजेतिर बाग्लुङ बजार जाने भनी घरबाट निस्केपछि सम्पर्कविहीन भएको बाबु नन्दे थापाले बताए ।

खैरो कोट, कालो पाइन्ट र कालो जुत्ता लगाएर घरबाट निस्केपछि परिवार र आफन्तको सम्पर्कमा नआएकाले प्रहरीलाई जानकारी गराएर खोज्दा पनि फेला पार्न नसकिएको उनका आफन्त मनिष थापाले बताए ।