योगी आदित्यनाथका सुरक्षाका लागि ४ हजार प्रहरी परिचालन गरिने

२०७५, २५ मंसिर मंगलवार १२:३८

मकवानपुर २५ मङ्सिर । रामजानकी विवाहपञ्चमीका लागि भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगि आदित्यनाथ जनकपुर आउने भएका छन् ।

उनको सुरक्षाको लागि प्रदेश २ ले चार हजार प्रहरी परिचालन गरिने सञ्चारमाध्यमहरुले जनाएका छन् । उनी रामजानकी विवाहपञ्चमीको लागि विशेष अथिति बनेर जनकपुर आउन लागेका हुन् ।

महोत्सवका लागि तीन हजारको संख्यामा प्रहरी परिचालन गरिएको छ भने यसमध्ये प्रदेश नम्बर २ का प्रत्येक जिल्लाबाट एक हजार नेपाल प्रहरीको टोली बोलाइएको जनाइएको छ ।
बाकी दुई हजार प्रहरी भने प्रदेश १ र ३ बाट बोलाइएको हो ।

यस्तै, आन्तरिक तथा बाह्य पर्यटक चढेर आएको सवारी साधनको लाम लाग्ने भएकाले नगरभरि ट्राफिक व्यवस्थापनमा विशेष जोड दिइएको जनाइएको छ ।

सञ्चारमाध्यमहरुका अनुसार योगी आदित्यनाथ रामको जन्ती बनेर जनकपुर आउने कुरा छ ।