अभियानको अन्तिम दिन अन्तरक्रिया र प्रशिक्षण

२०७५, २५ मंसिर मंगलवार ०८:२९

मकवानपुर २५ मंसिर । १६ दिने महिला हिंसा बिरुद्धको अभियानको अन्तिम दिन लैङ्गिक हिंसा, कारण र समाधानको उपाय बिषयक अन्तरक्रिया तथा प्रशिक्षण गरिएको छ । अखिल नेपाल महिला संघ जिल्ला समिती र अखिल नेपाल महिला जिल्ला संघ क्रान्तिकारीको संयुक्त आयोजनामा हेटौंडामा सोमबार कार्यक्रम भएको हो ।

अखिल नेपाल महिला (अनेम) संघकी केन्द्रीय सचिव बिष्णु ओझाको प्रमुख आतिथ्य तथा अनेम संघ मकवानपुर अध्यक्ष पार्बती रानाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा प्रदेश ३ की सांसद एवम् अनेम संघ केन्द्रीय सचिवालय सदस्य जुनेली श्रेष्ठ, अनेम संघ केन्द्रीय सचिवालय सदस्य पद्मा पौडेल, जिल्ला समन्वय समितिकी उप–प्रमुख भगवती पुडासैनी, अनेमसंघ क्रान्तिकारी केन्द्रीय सदस्य लक्ष्मी माझीले मन्तव्य व्यक्त गरेका थिए । त्यस्तै, अनेम संघ केन्द्रीय सदस्य एवम् जिल्ला अध्यक्ष लक्ष्मी पाख्रिन, पुर्व नेकपा माओवादी जिल्ला सचिवालय सदस्य प्रमिला लामा, अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य सुजाता पोख्ररेल, युवा संघ केन्द्रीय सदस्य आरती पाठक लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
‘लैंगिक हिंसा र दुव्र्यवहार, छैन हामीलाई स्वीकार’भन्ने नाराका साथ सञ्चालित कार्यक्रमका वक्ताहरुले समाजमा महिला माथि महिलाबाट समेत भेदभाव एवम् हिंसा हुने भएकोले त्यसको न्युनिकरणका लागि सबै महिला एकजुट हुनुपर्नेमा जोड दिएका थिए । अनेमसंघ मकवानपुरकी उपाध्यक्ष सीता अधिकारीले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको कार्यक्रममा अनेमसंघ क्रान्तिकारीकी मकवानपुर उपाध्यक्ष सृजना थिङ्गले सहजिकरण गर्नुभएको थियो ।