बढ्दो विकृतिको यथार्थ चित्रण : पबजी र फ्रि फायर

२०७५, २२ मंसिर शनिबार ०७:३५

सिएम रिमाल
मकवानपुर २२ मङ्सिर ।
  १० वर्षीय सुबोध उठिसकेका छन् । उनी पाइजामामै छन् तर उनको हातमा मोबाइलफोनको चार्ज घटिसकेको छ । उनी ठूलो स्क्रीनमा बच्चाहरुको लोकप्रिय अनलाइन खेल पपजी खेल्न थालेका थिए । लौ ? मैले जित्नै लागेको थिएँ, म त मरेँ,” उनी सुमन नाम गरेका साथीलाई भन्छन् । पाँच कक्षाका यी सहपाठी साथी सुमनको घर सुबोधको भन्दा दुईघर पर मात्र छ । “साथी, मैले हार्नु हुँदैनथ्यो नि । म अब छोड्दिनँ । म यसलाई जसरी पनि मारेरै छाड्छु ।” उनीहरुबिचको यो डिजिटल प्रतिस्पर्धा पुनः सुरु हुन्छ, र सुबोधको उत्साहमा कमी आएकै छैन । के बाबुआमाले नरोक्ने हो भने ऊ दिनभर खेलिरहन्छ त ? सम्भवतः उनका आमाबुबाले स्वीकार्छन् ।उनीहरुले भनेजति खेल्न पनि पाइरहेका छन् । अरु धेरै बाबुआमा झैं, उनीहरुले सुबोध र उसका १५ वर्षे दाजुको डिजिटल खेल सीमित गर्ने धेरै प्रयास गरेका छन् । कतिपय अभिभावकका लागि यो व्यर्थको अभ्यास हुन्छ नै । उनीहरु ज्यादै व्यस्त हुन्छन् । घरमा आफ्ना छोराछोरीले के गरिरहेका छन् भन्ने हेक्का पनि राख्न भ्याँउदैनन् । अझ सुबोधका बाबु त राति छोरो सुति सकेपछि आउने र बिहानै आफ्नो काममा जाने गर्थे । घरमा सुबोधको बाबुसँग बिदाको दिन र शनिबारबाहेक विरलै भेट हुन्थ्यो । जताततै भेटिने डिजिटल सामग्रीसँग कति लुकाउनुभन्दै हैरानी मात्र हुन्छन् । “सुबोधलाई स्क्रीनबाट छुटाउन दिनहुँ सङ्घर्ष नै गर्नुपर्दछ,” उनका बुबाआमाले भने ।“उसलाई स्क्रीनबाट छुटाएर अरु केही काम लगाउनासाथ एकछिन त उसले रुखो व्यवहार देखाउँछ, फत्फताउँछ, घर नै उचाल्छ ,” उनकी आमा सुनामिका भन्छिन्–“ऊ रिसाउँछ, निराश हुन्छ । भाँडभैलो मच्चाउँछ । आमा कति खराब हुनुहुन्छ भन्छ । यो किन, केका लागि गरेको भन्छ । यति गर्न नसक्नेले मलाई किन जन्माउनु भयो त ?सम्म भन्न भ्याउँछ ।”

इन्टरनेट अफलाइन हुँदा उनीहरु बढी समाजमा घुलमिल गर्न थाल्ने उनीहरुको भनाइ छ । बच्चाहरुले ठूलो भएपछि आफ्नै ढङ्गले केही सोचून्– गरुन् तथा शारीरिक रुपमा सक्रिय र समाज के हो भनेर थाहा पाउन् भन्ने हुनु पर्दछ । तर धेरै घरपरिवारमा अभिभावकहरुले बालबच्चासँग धेरै नै सङ्घर्ष गर्नु परिरहेको छ । यसको लतबाट छुटाउन । कमन सेन्स मिडियाले हालै १३ देखि १७ वर्षका बच्चाहरुमा गरेको सर्वेक्षणमा यो उमेरका ९५ प्रतिशत बालबालिकासँग मोबाइल रहेको पाइएको छ । तीमध्ये ७० प्रतिशतले दिनमा धेरै पटक सामाजिक सञ्जालमा केही छ कि भनेर हेर्ने गर्दछन् । सन् २०१२ मा ३४ प्रतिशतले मात्र सामाजिक सञ्जाल प्रयोग गर्दथे । आधाभन्दा बढीलाई मोबाइलले स्कुलको गृहकार्य गर्ने समयमा अल्मल्याउने गरेको बताए । अझ कत्तिको गृहकार्य मोबाइलबाटै गर्ने गरेको पाइन्छ । साथीलाई म्यासेन्जरबाट पठाइदिने गरेको यथार्थ पाइन्छ । त्यस्तै ती दस वर्षीय सुबोध पनि कहिले कहीं त म्यासेन्जरबाटै गृहकार्य गर्नसम्म पछि पर्दैनथे ।

सुनामिकाको घरमा पनि यस्तै समस्या आयो । वाइफाईमा ठूलो छोराले कति समय बिताउँछ भन्ने नियालेका उनका बाबु त्यो देखेर छक्कै परे । छोराले दिनमा चार घण्टाभन्दा बढी समय खेलकुदका भिडियोहरु, अरु मनोरञ्जनात्मक खेलहरु र सामाजिक सञ्जालमा साथीहरुसँग गफिएर बिताउने गरेको थाहा पाए ।“मलाई लाग्दैन उसलाई अनलाइनमा कति समय बिताएँ भन्ने जानकारी छ,” बाबु भन्छन् । त्यसपछि बाबुले कुनै निश्चित घण्टा वाइफाई बन्द गर्ने निर्णय गरे। कुनै चेतावनी नदिई उनले एकरात वाइफाई बन्द गरिदिए । सामाजिक सञ्जालमा कुनै साथीसँग कुरा गर्दै थियो । “त्यसपछि ऊ बाहिरियो ।” यो अन्याय भोभन्दै ऊ बाहिर गयो । ऊ एकोहोरो बस्न थाल्यो । कराउन थाल्यो । घरमै भाँडभैलो मच्चाउन थाल्यो । बाबुले उनको कुरा सुनिरहे । उनले किताब पढ्न वा बाहिर खेल्न जाऊ भने । “मैले केही गल्ती त गरेको छैन नि, म विद्यालयकै गृहकार्य गर्दै छु । विद्यालयमा विज्ञान र सामाजिक शिक्षकले नेटबाट गरेर आउनु भन्नुभएको त्यसैले त हो नि ।” उनले पटकपटक भनिरहे । त्यति भनेपछि के चाहियो र आमाबुबालाई । तुरुन्तै बजारबाट स्मार्ट फोन त आइहाल्यो । अनि सुबोधका लागि अब झन सजिलो भयो । प्रत्येक दिन फ्रि फायर र पपजी खेल्न साथीहरुलाई फोन गर्दै बोलाउन थाल्यो । पहिलो परीक्षाको नतिजाका लागि विद्यालयबाट खबर आयो । दुबै आमाबुबा जानुभयो तर सुबोध मानेन जान । “तपाईँको छोरालाई दुईवटा विषय लागेको छ । अरु विषयमा पास भए पनि खासै धेरै अङ्क आएको छैन । छोरो अचेल पढाइभन्दा पपजी र फ्री फाएरतिर लागेको छ नि ” के यति मात्र भन्न भ्याएका थिए कक्षा शिक्षकले बुबाआमा त कुर्लिन पो थालिहाले । मेरो छोरोलाई तपाईँहरुले नै भनिदिएर मोबाइल किन्देको त हो नि । अनि अहिले त मोबाइलबाटै गृहकार्य गर्नु छ भन्दै चलाएर बस्छ अनि कसरी फेल भयो नि ? मानसिक स्वास्थ्यका क्षेत्रमा यसको आधिकारिक र प्रामाणिक प्रभाव–अध्ययन भइसकेको छैन । तर, विश्व स्वास्थ्य सङ्गठनले आफ्नो सूचीमा यस्तो प्रवृत्तिलाई गेमिङ हलचल वा गडबडी भनेको छ । डिजिटल खेलले सम्बन्धहरु, स्कुल र काममा गम्भीर रुपमै असरहरु ल्याएको छ । स्वास्थ्य निकायहरुबाट यसका बारेमा अझै पनि अध्ययन नै भइरहेको छ । कहिलेकाहीँ, विज्ञहरुको भनाइमा डिजिटल लतले विद्यमान परिस्थितिलाई अझ सङक्टमा पार्दछ, जस्तै उदासी, चिन्ता बढाउँछ, झोडी बनाउँछ, एक्लोपनमा बस्न रुचाउँछ । यसको जाँच गर्नु जरुरी भइसकेको छ । यो नै सबैभन्दा ठूलो समस्याको रुपमा पाइएको छ” भन्दै स्वास्थ्य शिक्षकले जानकारी गराउँछन् । आमाबुबा घर पुग्दा छोरोका हातमा स्मार्ट फोन नै झुन्डिएको देखे । बेस्सरी गाली गरे, विद्यालयमा भएको सबै कुराहरु पनि भने तर छोरो अझै आफ्नो पपजीलाई रोक्दैन ।

पपजी गेम अहिले युवाहरुमाझ एकदमै लोकप्रिय छ । यस गेममा युवाहरु यसरी फसेका छन् कि हालसालै मात्र भएको घटनाले स्पष्ट पारेको छ । अहिले युवावर्गमा चर्चित रहेको अनलाइन गेम पपजी खेल्न नपाएको झोकमा एक १९ वर्षीय युवकले आफ्ना बाबु, आमा र बहिनीको हत्या गरेका छन् । भारतको दिल्लीको बसन्तपुर इलाकामा भएको उक्त्त घटनाले धेरै मानिसहरुलाई दुखित तुल्याएको छ । भारतमा मात्र होइन नेपालमा पनि यो अनलाइन गेम धेरै युवाहरुको रोजाइमा पर्ने गरेको छ –” बाबुभन्छन् । अनि एक पे्रमीकाले आफ्नो प्रेमीलाई गोडासमेत भाँचिदिएको छ समय नदिएको भन्दै । छोरो बोल्नै सक्दैन । छोरामा यो लत लागी सकेकाले छुटाउनैगाह्रो भइरहेको छ अहिले बुबाआमालाई । छोरो मोबाइल नभई खाना नखानेसमेत भइसकेको छ । जति गर्दा पनि छोरोलाई टेक्नोलोजिकल ड्रग्सबाट बाहिर ल्याउन निकै गाह्रो भइसकेको छ । अरु लतभन्दा यो लत सबैभन्दा खतरा लत भएकाले बाबुआमाले केही गर्दा पनि छुटाउन निकै गाह्रो भैराछ । ऊ जहिले पनि झर्किने मात्र गर्छ । विद्यालयमा फेरि सल्लाहा सुझाव लिन पुग्छन् सुबोधका बाबुआमा । “तपाईँ के गर्नुहुन्छ ? कति बजे घर आउनुहुन्छ ? आफ्नो छोराछोरीलाई कत्तिको समय दिनुहन्छ ?” भन्दै प्रश्न गर्न थाल्छन् शिक्षक । अवाक भएर बसिरहन्छन् । पहिलेको जस्तो अब उनीहरुमा जाँगर नै हराइसकेको थियो ।

“यो अनलाइन गेम बनाउने मानिसहरुले यो गेम यति चर्चित हुन्छ भनेर सोचेका पनि थिएनन् । यो गेमले धेरै मानिसहरु तथा बालबालिकामा अहिलेदेखि नै डिप्रेसनको सिकार बनाएको छ भने धेरै जोडीहरुको सम्बन्धविच्छेद पनि भइसकेको छ । त्यसैले तपाईँले पनि बेलैमा ख्याल गर्नु आवश्यक छ ।” अर्का शिक्षकले थप्छन् । “आफ्नो छोराछोरीलाई भरपुर समय दिनुस् । सँगै पढ्नुस् । सँगै खाना खानुस् । केही आन्तरिक गफगाफ पनि गर्नुस् । बिदाको दिन घुमाउन लैजानुस् । आफ्ना कला, धर्म, संस्कृति, रीतिरिवाज,चाडपर्व सबैको विषयमा जानकारी गराउनुस् । पैसा माग्यो भन्दैमा जति पनि नदिनुस् । कुन कामका लागि हो सोधेर मात्र दिनुस् । छोराका साथीहरु आफ्नै विद्यालयका छन् कि अरु नै विद्यालयका छन् बुझ्नुस् । बिदाको दिन वा अन्य कुनै समयमा साथीको घर जाँदा कस्तो साथी हो र अभिभावक को हो भन्ने जानकारी लिनुस् । सम्पर्क गरेर मात्र पठाउनुस् । विद्यालय बेलाबेलामा जानुस् । पढाउने शिक्षकसँग सम्पर्कमा रहनुस् र भेट्न जानुस् । पैसापैसा भन्दै नदौडनुस् ।” एक शिक्षकको मुखबाट आवाज निस्कन्छ ।

कथा