अपडेट : ४ दिनदेखि हराएका कोइराला अहिले सम्पर्कमा आएको आश्रमको दाबी

२०७५, २० मंसिर बिहीबार २०:४९

मकवानपुर २० मसिंर । हेटौंडाको मानवसेवा आश्रमको संरक्षणमा रहँदै आएका डिबी कोइराला आश्रमको सम्पर्कमा आएको आश्रमले जनाएको छ । ४ दिनदेखि हराइरहेका कोइराला सम्पर्कमा आएको आश्रमले तु खबरलाई जानकारी दिएको छ । आश्रममले दिएको जानकारी अनुसार उनी आफ्नै घर सोलुखुम्बूको सल्लेरी १ मा पुगेका छन् ।

उनी मसिंर १६ गते बिहान कपाल काट्न जान्छु भनि हिडेका थिए । प्रहरीले पनि उनका खोजतलासलाई तीब्र पारेको थियो ।