सामाजिक सञ्जालको विकृति बारे छलफल

२०७५, २० मंसिर बिहीबार १६:३७

हेटौँडा २० मंसिर । हेटौँडा–४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयले विद्यार्थीहरु तथा अभिभावकलाई सचेत र सजग गराउने उद्देश्यले अभिभावक भेला कार्यक्रम गरेकोे छ ।

बढ्दो सामाजिक सञ्जालको विकृति तथा मोबाइल खेलमा विद्यार्थीहरु झुम्मिने भएकाले यसबाट सजग गराउनका निम्ति अभिभावकहरुसँग विद्यालयले छलफल गरेको हो ।

कार्यक्रममा विद्यार्थीहरुलाई कसरी सामाजिक सञ्जालका विकृतीहरुबाट जोगाउने भन्ने विषयमा छलफल भएको थियो ।

विद्यार्थी तथा अभिभावकहरुलाई सचेत गराउने उद्देश्यले कक्षा नर्सरीदेखि १० सम्मका विद्यार्थीहरुको अभिभावकहरुलाई सामाजिक सञ्जालको ठिक प्रयोगबारे जानकारी गराउन कार्यक्रम गरिएको विद्यालय संयोजक अव्यक्त खनालले बताए ।