राष्ट्रपति भण्डारी आज स्वदेश फिर्ता

२०७५, २० मंसिर बिहीबार १४:५४

काठमाडौं २० मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डबाट आज स्वदेश फर्केका छन् ।

भण्डारी पोल्याण्डमा भइरहेको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन संरचना सम्बन्धी महासन्धिको पक्ष राष्ट्रको २४ औँ सम्मेलन (कोप २४) मा सहभागी भई आज स्वदेश फर्केका हुन् ।

राष्ट्रपति भण्डारीलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेकोे थियो ।