सरकारको नौ महीनाको गतिविधिले जनता निरास : थापा

२०७५, २० मंसिर बिहीबार १३:२६

जनकपुरधाम, २० मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एउटा धर्म प्रचारक संस्थाको कार्यक्रममा सरकारको तामझामपूर्ण सहभागिता रहनु आपत्तिजनक भएको बताए ।

बुधबार मिडिया नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले सो कुरा बताउँदै धर्म प्रचारक संस्थाको कार्यक्रममा सरकारको तामझामपूर्ण सहभागिताले बहुसंख्यक हिन्दू आस्थावान्प्रति प्रहार हो भने ।

विदेशीको दबाब र प्रभावमा धर्म निरपेक्षता लादिएकाले पुनः हिन्दू राष्ट्र घोषणाका लागि राष्ट्रिय जनता पार्टीले आगामी फागुन ७ गतेदेखि जनसंघर्षको अभियान थालनी गर्ने उनले जानकारी दिए । –रासस