बसले मोटरसाइकलाई ठक्कर दिँदा एकको मृत्यु

२०७५, २० मंसिर बिहीबार १३:१५
File Photo

गौशाला, २० मंसिर । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–३ मलिवारामा गएराति सवारी दुर्घटना भएको छ ।

धनुषाको जनकपुरबाट भारत बिहारको राजधानी पटनसम्म चल्ने बीआर ०६ पीसी ९२५१ नंको बसले गएराति जलेश्वर नगरपालिका–३ मलिवारामा बिपरीत दिशाबाट चार जना चढेर आएको ज ६ प १६५० नंको मोटरसाइकललाई ठक्कर दिँदाएक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

घट्नामा बारा जिल्लाको देवताल गाउँपालिका–३ बस्ने २५ वर्षीय राजकुमार साहको मृत्यु भएको र भारत बिहारको सीतामढी जिल्लाको सुतिहारा बस्ने १८ वर्षीय सोनुकुमार ठाकुर, १६ वर्षीया चुनचुनदेवी ठाकुर र ३० वर्षीय मेघनाथ ठाकुर गम्भीर घाइते भएका छन् । घाइते तीन जनाको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।