मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

२०७५, २० मंसिर बिहीबार १३:०१

चितवन, २० मंसिर । भरतपुर महानगरपालिका–३ को बाह्रघरेमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कपिलवस्तु जिल्लाको तिलोत्तमाका ४० वर्षीय चन्द्रसिंह चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बाह्रघरेतर्फ जाँदै गरेको ना ५९प २९९८ नंको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएको चौधरीको उपचारका लागि अस्पतालतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो ।मोटरसाइकल चालकलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।