राँझा, २० मंसिर । नेपालगञ्जका दुई मेडिकल र एक किराना पसलमा गएराति आगलागी हुँदा लाखौँ सामान जलेर नष्ट भएको छ ।
बिपीचोक नजिकै नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल अगाडि रहेको राकेशकुमार कुम्हालको सफा मेडिकल र लालुमायाले चलाउनेको माया फार्मेसी र धीरज जनरल स्टोरमा मध्यरातमा आगलागी हुँदा लाखौँ सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागी भएको थाहापाउनासाथ आएका सुरक्षाकर्मी, दमकल र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो ।