विश्व स्वयंसेवक दिवसको अवसरमा अन्र्तक्रिया कार्यक्रम

२०७५, २० मंसिर बिहीबार ११:२५

हेटौंडा २० मंसिर । विश्व स्वयंसेवक दिवसको अवसरमा बुधबार हेटौंडामा ‘सामुदायिक सबलीकरणमा स्वयंसेवक’  विषयको अन्र्तक्रिया कार्यक्रम भएको छ ।

नेपाल युवा संस्था सञ्जाल (आयोन) ले दातृ निकायहरु भीएसओ, र्याली ईन्टरनेश्नल, यूएन वूमन र जिल्ला युवा समिति मकवानपुरसँग सहकार्य गरि कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रम तीन नम्बर प्रदेशका सांसद प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्य तथा आयोनका अध्यक्ष हिमाल महतको अध्यक्षतामा भएको थियो ।

‘युवा, विश्व र सक्रियता’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रमको उदेश्य स्थानीयस्तरमा रहेर प्राकृतिक प्रकोप, विपत, समुदायको सबलीकरण र दीगो विकासमा योगदान दिईरहेका स्वयम् सेवकहरुको भुमिका, चुनौती र अवसरका बारेमा छलफल गरि स्वयंसेवकलाई प्रोत्साहन गर्ने रहेको थियो ।