मानवसेवा आश्रमका कोईराला अझै भेट्टिएनन्

२०७५, २० मंसिर बिहीबार ०७:३५

मकवानपुर २० मसिंर । हेटौंडा ४ मा रहेको मानवसेवा आश्रममा बस्दै आएका डीबी कोईराला ४ दिनदेखि हराएका छन् । हातखुट्टा राम्रोसंग नचल्ने बैशाखी टेकी हिड्ने करिब २२ बर्षका उनी मसिं १६ गतेबाट हराएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार उनी मसिंर १६ गते बिहान ८ : ३० बजे कपाल काट्न जान्छु भनी आश्रमबाट निस्किएका थिए । प्रहरीले उनलाई भेट्ने जो कसैलाई प्रहरी सम्पर्कमा ल्याईदिन अनुरोध गरेको छ । उनी अहिलेसम्म फेला नपरेको प्रहरीको जानकारी छ ।