पतिलाई जेलबाट छुटाईदिने भन्दै पत्नीसँग १० लाख लिएर बलात्कार !

२०७५, २० मंसिर बिहीबार ०६:४५
File Photo

काठमाडौं २० मसिंर । लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान चलिरहेका बेला सप्तरीमा एक नेताले महिलासँग लाखौँ रुपैयाँ ठगी गर्नुका साथै बलात्कार गरेको घटना बाहिर आएको छ ।

राष्ट्रिय जनता पार्टी ९राजपा०का सप्तरी जिल्ला कोषाध्यक्ष छिन्नमस्ता गाउँपालिका–५ का लोखरमका मनोज मेहतालाई एक महिलाको उजुरीपछि प्रहरीले पक्राउ गरेको हो ।

ठगी तथा बलात्कारको आरोपमा मनोज मेहतालाई आइतबारै गिरफ्तार गरी कारवाही थालेको बुझिएको छ । राजविराज कारागारमा थुनामा रहेका आफ्ना श्रीमानलाई छुटाइदिने प्रलोभनमा स्थानीय एक महिलासँग पटक पटक गरी साढे १० लाख लिएको र लजमा लगेर जबर्जस्ती करणी गरेको महिलाको आरोप छ ।

मेहताविरुद्ध ठगी तथा बलात्कार दुबै उजुरी दर्ता गरिएको डीएसपी भावेश रिमालले बताए । अपहरण तथा शरीर बन्धक मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पीडितका श्रीमानलाई राजनीतिक पहुँचका आधारमा छुटाइदिने आश्वासन दिँदै मेहताले महिलालाई शोषण गरेको बुझिएको हो ।

पछिल्लोपटक शंका लाग्न थालेपछि पीडितले बैंकमार्फत एक लाख ९५ हजार पठाएकी थिइन् । त्यसअघि साढे एक लाख, तीन लाख र चार लाख रुपैयाँ पटक पटक गरी विभिन्न ठाउँबाट ऋणसापट लिएर नगदै दिएको पीडितको भनाइ छ ।

जेल परेका श्रीमानले नै मेहतासँग गत चैतको अन्त्यतिर चिनजान गराइदिएपछि वैशाखदेखि मेहताले बारम्बार सम्पर्क गरी आफ्नो पहुँच न्यायाधीश, एसपी, कर्मचारी सबैसँग भएकाले छुटाउन दश लाख रकम माग गरेका थिए ।
अन्नपुर्ण पोष्टमा समाचार छ ।