चार दिनदेखि कोईराला बेपत्ता

२०७५, १९ मंसिर बुधबार १७:०९

हेटौंडा १९ मंसिर । हेटौंडा उपमहानगरपालिका–४ स्थित मानव सेवा आश्रममा आश्रित २२ वर्षिय डि.बि. कोईराला बेपत्ता भएका छन् ।

हातखुट्टा राम्रोसंग नचल्ने बैसाखी टेकी हिंड्ने, गहुंगोरो वर्णको कोइराला चार दिनदेखि हराएका हुन् ।

यही मंसिर १६ गते बिहान करिब ८ः३० बजे तिरकोे समयमा कपाल काट्न जान्छु भनी आश्रमबाट निस्कीएका कोइराला हालसम्म पनि सम्पर्कमा आएका छैनन् ।

उनको खोजी जारी रहेको र निजलाई देख्ने जो कोहीले नजिकैको प्रहरी कार्यालय तथा मानव सेवा आश्रममा जानकारी दिनको लागि आग्रहसमेत गरिएको छ ।