झाडीमा नवजात शिशु फेला

२०७५, १९ मंसिर बुधबार १५:१६

धनुषा १९ मंसिर । जनकपुर उपमहानगरपालिका–७ जानकी सरोवरको उत्तर किनारको झाडीमा फालिएको अवस्थामा नवजात शिशु फेला परेको छ ।

शिशुलाई सोही वडा नं.७ का वडाध्यक्ष जानकीराम साहले प्रहरीको सहायतामा शिशुको उद्धार गरी जनकपुर अञ्चल अस्पतालमा उपचारको लागि भर्ना गराएका छन् ।

शिशुको उपचार भइरेहेको र शिशु कसले फाल्यो भन्नेबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।