त्रिभुवन विश्वविद्यालयको कक्षमा ताला

२०७५, १९ मंसिर बुधबार १४:५१

काठमाडौँ, १९ मंसिर । सम्बन्धनको विषयलाई लिएर त्रिभुवन विश्वविद्यालयको पदाधिकारी कक्षमा ताला लगाइएको छ ।

कीर्तिपुरस्थित उपकुलपति, शिक्षा अध्यक्ष र योजना निर्देशनालयका प्रमुख कार्यकक्षमा नेपाल विद्यार्थी संघ निकटका विद्यार्थीले ताला लगाएका हुन् ।

ब्याचलर अफ कम्प्युटर एप्लिकेशन (बिसिए) लगायत केही विषयमा सम्बन्धन दिँदा मापदण्ड नपु¥याई आंगिक, सामुदायिक र निजी क्याम्पसलाई सम्बन्धन दिएको विरोधमा ताला लगाएको संघका त्रिवी एकाइका जगदिश भट्टले जानकारी दिए ।–रासस