कुलेखानी तेस्रोको ९० प्रतिशत काम पुरा

२०७५, १९ मंसिर बुधबार १३:४५

हेटौंडा १९ मंसिर । निर्माणधीन कुलेखानी तेस्रो जलविद्युत आयोजनाको ९० प्रतिशतभन्दा बढी निर्माणको काम सम्पन्न भैसकेको बताइएको छ ।

पुसको अन्तिमसम्म परीक्षण उत्पादन गर्ने गरी तिब्र गतिमा काम भइरहेको आयोजना प्रमुख सुवास मिश्रले बताए ।

इलेक्ट्रो मेकानिकलको जिम्मा पाएको चिनियाँ ठेकेदार कम्पनी जेजीयाङ जियालिङको ढिलासुस्तीका कारण ४४ महिनामा सक्नुपर्ने काम करिब सय महिना भन्दा बढी बितिसक्दा पनि सकिएको छैन्, उनले भने, ‘हालसम्म आयोजनाले ९० प्रतिशतभन्दा बढी निर्माणको काम सम्पन्न गरिसकेको छ । इलेक्ट्रो मेकानिकलको काम सकिने बित्तिकै परिक्षण काम शुरु हुनेछ ।’

आयोजनाको सिभिलतर्फको काम ९९ प्रतिशत काम भइसकेको उनले बताए । इलेक्ट्रो मेकानिसंग जोडिएका सिभिलका कामहरु थोरै मात्रै भएको बताइएको छ । चिनियाँ ठेकेदार कम्पनीका प्राविधिक र मजदुरहरु टावर, ट्यास¥याक बनाउने काम गर्नुका साथै ‘स्टप लक’ र विद्युत गृहमा गेट निर्माण गर्ने कार्य भइरहेको आयोजानले जनाएको छ ।

इन्लेट भल्भ जडान,पेनेस्पटमा रङ लगाउने काम भइरहेको छ । पुससम्म काम सम्पन्न गर्न आयोजनाले आधका दर्जनभन्दा बढी प्राविधिक खठाएको छ । –प्रदेश दैनिकमा समाचार छ ।