ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु

२०७५, १९ मंसिर बुधबार १२:५२

तौलिहवा, १९ मसिर । ट्याक्टर पल्टिँदा कपिलवस्तु नगरपालिका–९ कुश्मामा गएराति एक जनाको मृत्यु भएको छ ।

कुश्माघाटबाट कुश्मातर्फ आउँदै गरेको लु ३ त ५२१६ नं को ट्याक्टर पल्टिँदा ट्याक्टरमा सवार स्थानीयबासी ४० वर्षीय श्याम यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टरका चालक फरार रहेका छन् । फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।